logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

गोरखा र म्याग्दीमा विप्लका कार्यकर्ता द्दारा पार्टी परित्याग,राज्य डराएर भर्म छर्न खोज्दै छ – नेकपा


  • राजनीति
  • बिहिबार, चैत्र १४ २०७५

सरकारले नेकपालाई प्रतिवन्द लगाए लगतै नेता कार्यकर्ता प्रकाउ पर्न थाले पछे केहीले पार्टी परित्याग गरेको खबर बाहिरेको छ।गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका छर कार्यकर्ताले परित्यागको घोषणा गरेका छन् ।

पोखरा- बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी नेकपा गोरखाका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले र म्याग्दीका प्रेम श्रीषले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा पछिल्लो समय गरेको गतिविधिप्रति आफूहरुको असन्तुष्टि रहेको भन्दै समूह परित्याग गरेको उल्लेख गरिएको छ ।

गोरखा सिरानचोक गाउँपालिका–४चोरकाटे स्थायी ठेगाना भएका तीनै जना उक्त समूहमा सक्रिय कार्यकर्ताको रूपमा काम गर्दै आएका थिए ।
बेनी नगरपालिका–४ सिङ्गा तातोपानीका प्रेम श्रीषले स्थानीय सञ्चार माध्यममा पत्रमार्फत विप्लव समूहको कुनै पनि सङ्घ सङ्गठनको साधारण सदस्यसमेत नरहेको जानकारी गराउनुभएको हो । विसं २०५३÷५४ देखि जनमिलिसिया हुदै उक्त समूहमा आवद्ध भएका श्रीष विप्लव समूहको जिल्ला सदस्य र सो समूह निकट मगर मुक्ति मोर्चाको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

यता नेकपा स्रोतले भने पार्टी परित्याग गर्ने व्यक्तिहरु पार्टीको सक्रिय सदस्य नभएको बताएका छन । एक यसै क्षेत्रमा कार्यरत एक केन्द्रीय नेताले भने यो सराधर हल्ला हो हाम्रो आन्दोलनलाई कमजोर पार्ने सयन्त्र हो।पार्टी परित्याग गरिएका भनिएका व्यक्ति हाम्रो पार्टीका कार्यकर्ता नै होइन समर्थक हो भने आफ्नो ठाउँमा छ ,उनले भने। यस्ता हल्लाको पछी नलाग्न अपिल गर्दै क्रान्ति सङ्ग सङ्ग डराएर यो राज्यहामीलाई कमजोर बनाउन लागि परेको उहाँले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार