logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

एसईई प्रश्न पत्र आउट,दिएको परीक्षा रद्द! अव के होला सप्तरी विधार्थीको उतरपुस्तिका ?


  • राजनीति
  • बिहिबार, चैत्र १४ २०७५

सप्तरी – आज भएको विज्ञान विषयको प्रश्न पत्र आउट भएपछि सप्तरीमा माध्यमिक परीक्षा शिक्षा (एसइई) अन्तर्गत  परीक्षा नै रद्ध भएको छ । राष्ट्रिय परीक्षा बोर्डले  परीक्षा सुरु हुनु अघि नै प्रश्न पत्र आउट भएपछि परीक्षा रद्द गरी चैत्र २२ गतेलाई सारिएको जनाएको छ ।

सरकारी अधिकारीहरुलेहिजो राति नै सामाजिक सञ्जालमा प्रश्न पत्र आउट भएको देखिएपनि अनुसन्धानको क्रममा आज बिहान प्रश्नपत्र सामाजिक संजालमा सार्वजनिक भएको  निष्कर्ष निकालेका थिए ।परीक्षार्थीले भने आउट भएको सोही प्रश्नपत्रबाट आजको परीक्षा दिएका थिए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले भने सप्तरीबाट नभई अरु जिल्लाबाट प्रश्न पत्र आउट भएको दावी गरे ।अर्कोतर्फ शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमाथि आर्थिक चलखेल गरेर प्रश्न पत्र आउट गरेको आरोप लागेपनि कार्यालयका प्रमुख शंकर लुइँटेलले भने आरोप अस्वीकार गरे ।

यसअघि परीक्षालाई अमर्यादित बनाएको आरोपमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष,चार निरीक्षक र १० जना परीक्षार्थी कारवाहीमा परेका छन् ।सप्तरीमा यस वर्ष ३३ वटा केन्द्रमार्फत सञ्चालन भईरहेको एसईईमा ८ हजार ६ सय १८ परीक्षार्थी सहभागी छन् ।

एसईई परीक्षाको एक दिन अगावै प्रश्न पत्र आउट

सप्तरी – एसईई परीक्षाको एक दिन अगावै प्रश्न पत्र आउट भएको छ । सप्तरीमा जारी एसईई परीक्षामा सामेल भएका विद्यालयका प्रमुखहरुले सामाजिक संजाल मार्फत एक–अर्कालाई एक दिन अगावै एसईई परीक्षाको प्रश्न पत्र आदान प्रदान गरेको तथ्य फेला परेको छ । यस वर्षको एसईई परीक्षा अन्तर्गत विहीबार विज्ञान विषयको परीक्षा भैरहेको छ । तर, विज्ञान विषयको प्रश्न पत्र बुधबार राति नै आउट भएको र अर्कालाई सामाजिक संजाल मार्फत् शेयर गरेको पाइएको छ ।

श्रोतका अनुसार प्रश्न पत्र आउट गर्नका लागि जिल्ला शिक्षा समन्वय समितिदेखि शिक्षा क्षेत्रका माफिया र परीक्षा केन्द्रमा नै सैलग्न शिक्षकहरुको मिलोमतोमा आर्थिक चलखेल गरेर प्रश्नपत्र आउट भएको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार एसईई परीक्षामा प्रत्यक्ष रुपमा संलग्न भएका नीजि विद्यालयका संचालकहरुबीच यो प्रश्न पत्र ह्वाट्स एप र इमोमा आदान प्रदान गर्ने गरेको तथा त्यसमा जिल्ला शिक्षा समन्वय समितिदेखि स्थानीय प्रहरी प्रसाशनको समेत मिलोमतो हुन सक्ने अनुमान गरिएको छ ।

शिक्षा समन्वयका एक जना कर्मचारीले नै सो प्रश्नपत्र आर्थिक चलखेल गरेर आउट गर्ने गरेको श्रोतको दाबी रहेको छ ।

श्रोतका अनुसार लाखौंको रकम चलखेल गरेपछि एक दिन अगावै यो प्रश्न बाहिर आएको हो । यसअघि पनि एक दिन अगावै प्रश्न पत्र बाहिर आइरहेको जानकारी आए पनि तथ्य फेला पर्न सकिरहेको थिएन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार