बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले आफ्नो पार्टीको बारे अनावश्यक र तथ्यहिन समाचारहरु लेखेर पार्टी तथा जनतालाई भ्रमित नपार्न ठुला भनिएका मिडियाहरुलाइ अनुराेध गरेका छन्।
केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट हाम्रो पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले सम्प्रेशित भैराखेकाप्रति आपत्ति जनाउदै यस्ता श्रृङखला नदाेहाेर्याउन चेतावनी दिएका छन् ।
महसचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै ‘केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट हाम्रो पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले सम्प्रेशित भैराखेका छन् । शृंखलाबद्ध र योजनाबद्धरुपमा सम्प्रेशित यस्ता भ्रामक समाचारहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ भनिएको छ ।
बिज्ञप्तीमा भनिएको छ ‘नेपाल भएका सबै परिवर्तनकामी आन्दोलनहरुको बैठान गलत तरिकाले हुन गई देश र जनताले अहिलेसम्म धोका पाइरहेको परिप्रेक्ष्यमा हाम्रो पार्टीले यी सबैखाले धोकाधडी, षडयन्त्रहरुलाई चिर्दै जनतामा झाँगिएको अविश्वासलाई विश्वासमा, निराशालाई आशामा बदल्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नै पुनर्गठित गर्दै अघि बढिरहेको पार्टी जसले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरुलाई सशक्त रुपमा उठाइरहेको छ, उक्त पार्टीका विरुद्ध हुँदै नभएका कपोलकल्पित समाचार सम्प्रेशण गर्नु वास्तवमा पत्रकारिता हुँदैन । म्यानुफ्याक्चरिङ कन्सेन्टको नीतिका आधारमा लगानी र विज्ञापन बढाउन कसैको निर्देशन र दवावमा यस्ता समाचार उत्पादन गर्नु ठीक होइन’ ।
विगतमा जनताद्वारा सञ्चालित परिवर्तनकामी आन्दोलनहरुमा सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका रहेको छ । अब पनि हामी सञ्चारमाध्यमहरुको विगतको जस्तै भूमिकाको अपेक्षा राख्दछौं । तर भ्रामक र असत्य समाचारहरु जनता र राष्ट्रकालागि घातक हुन जान्छन् । तसर्थ हाम्रो पार्टीका बारेमा बिना तथ्य, अनावश्यक, असत्य र भ्रामक समाचार सिर्जना गरी सम्प्रेशण नगर्न सम्बन्धित सबैमा अपील गर्दछ ।’
केहिदिन अगाडि उक्त पार्टी मा चर्काे अन्तरसंघर्ष रहेकाे , पार्टी प्रवक्ता एव स्थायी सदस्य खडक बहादुर बिश्वकर्मालाइ निलम्बन गरेकाे , सुदर्शन र प्रकाण्डबिच चर्काे बिबाद रहेकाे तथा विप्लव र प्रकाण्डबिच बाेलचाल समेत बन्द भएकाे भनी नेपाल का बिग मिडियाहरुले लेखेका थिए ।
यस्तो छ महासचिव विप्लवद्वारा जारी बिज्ञप्ती
