logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

जिल्लाहरुमा जनपरिषद थवाङ्गमा जनसत्ता


  • राजनीति
  • बुधबार, असोज ४ २०७४

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले रोल्पाको थवाङमा जनसत्ता पुनः निर्माण गरेको छ ।

राज्यसत्ता दलाल र पूँजीवादी भएको भन्दै  नेकपाले जनसत्ता पुनः लागू गरेको हो ।

गाउँ परिषद नाम दिइएको जनसत्ताको संयोजक किताब घर्तीलाई तोकिएको छ । त्यसमा १७ जना सदस्य छन् ।

अहिले सत्ताबाट न्याय सम्बन्धी सेवा बढी भइरहेको नेकपा माओवादी रोल्पाका सेक्रेटरी दलबहादुर खत्रीले जानकारी दिए ।

रोल्पा जिल्ला र मुलुकका सबै जिल्लामा जनपरिषद गठन गरिएको भएता पनि थवाङ्गमा जनसत्ता नै चलाउने भएको छ । तत्कालिन गाविसमध्ये थवाङ नेकपाको विशेष ठाउँ भएकाले यहाँ पुनः जनसत्ता लागू गरिएको बताइएको छ ।

थवाङमा हुने सबैखालका काममा जनसत्ताका प्रमुखसँग सहकार्य गर्नुपर्ने नेकपाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार