logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आज हुने सामाजिक बिषयकाे प्रश्नपत्र आउट बिहिबार रातिबाट फेसबुकमा भाइरल


  • राजनीति
  • शुक्रबार, चैत्र १५ २०७५

आज हुने सामाजिक बिषयकाे प्रश्न पत्र सामाजिक सन्जालमा राति बाट भाइरल छ । एसईई परीक्षामा शुक्रबार हुने सामाजिक विषयको प्रदेश नम्बर २ अर्न्तगतको प्रश्नपत्र बाहिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको हाे । रातो कागजमा छापिएको प्रश्नपत्र सहित सामाजिक सञ्जालमा बिहीबार रातिदेखि नै प्रशस्तै पोष्टहरु भेटिन्छ ।

तर उक्त प्रश्नपत्र सक्कली हो वा नक्कली पुष्टि हुन शुक्रबार बिहान साढे ७बजेसम्म कुर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। प्रश्नपत्र बाहिएको हल्ला चलेपछि बोर्डको आकस्मिक बैठक पनि बाेलाएकाे  छ। प्रश्नपत्र बनाउन संलग्न विषय विज्ञहरु सहितको बैठक डाकिएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए।

परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडी केन्द्रीय परीक्षा समन्वय समितिले प्रश्नपत्र खोलेर हेर्न पाउने प्रावधान छ। एसईई परीक्षा ८ बजेबाट सुरु हुन्छ। बिहान साढे ७ बजे प्रश्नपत्र हेरेपछि मात्रै आउट भए नभएको पुष्टि हुनसक्छ ।

‘प्रश्नपत्र बाहिरिएको हल्ला आएको छ,’ उनले भने, ‘हामीले तयार गरेर पठाएको प्रश्न र आउट भएको भनिएको प्रश्नपत्र तुलना गरेपछि मात्र त्यसको पुष्टि हुन्छ।’ त्यसका लागि केहिसमय धैर्य गर्नुपर्ने कार्यालयले जनाएको छ। त्यसअघि सम्म परीक्षाको तयारीमा जुट्न अधिकारीले सबैलाई आग्रह गरेका छन्। परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अघि परीक्षा केन्द्रमा केन्द्राध्यक्ष प्रश्नपत्र खोल्न पाउने प्रावधान छ। सेकुरेटी प्रेसमा छापिएको प्रश्नपत्र सिलबन्दी गरेर परीक्षा केन्द्रहरुमा पुर्‍याइको हुन्छ।

बिहीबार प्रदेश नम्बर २ को विज्ञान विषयको प्रश्नपत्र पनि परीक्षा सुरु हुनु अगावै बाहिरिएको थियो। सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरएको सूचना पाएपछि बोर्डले प्रदेश २ को उक्त विषयको परीक्षा रद्द गरेको छ। बोर्ड र प्रदेश सरकारले छानविनका लागि छुट्टाछुट्टै समिति बनाएका छन्। चैत २२ गतेलाई परीक्षा तालिका तोकेेकाेे थियो । कान्तिपुर दैनिक मा खबर छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार