logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

रौतहटमा एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विरोधमा प्रदर्शन


  • राजनीति
  • शुक्रबार, चैत्र १५ २०७५

रौतहट- विद्यार्थीहरुले रौतहटमा एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विरोधमा प्रदर्शन गरेका छन् ।

रौतहतको चन्द्रनिगाहपुरमा विज्ञान विषयको प्रश्नपत्र आउट भएलगत्तै बिहीबार पुनः सामाजिक विषयको पनि प्रश्नपत्र आउट भएपछि विद्यार्थीहरुले त्यसको विरोधमा प्रदर्शन गरेका हुन् ।

सडकमा निस्केका आक्रोसित विद्यार्थीहरुले टायर बालेर पूर्व–पश्चिम राजमार्गमा गरेको प्रदर्शनले केहीबेर सवारी आवागमन प्रभावित बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय, रौतहटले केहीबेर विद्यार्थीको प्रदर्शनले सडक अवरुद्ध बने पनि अहिले सञ्चालनमा आएको जनाएको छ ।

प्रदेश २ मा एकपछि अर्को प्रश्नपत्र बाहिरिएपछि परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ ।विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको घटना नसेलाउँदै सामाजिक विषयमा पनि त्यही क्रम दोहोरिएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् ।

सामाजिक बिषयकाे प्रश्न पत्र आउट भएको पुष्टि परीक्षा रद्ध

हिजाे रातिबाट सामाजिक सन्जालमा भाइरल भएकाे आजको सामाजिक बिषयकाे प्रश्न पत्र आउट भएको पुष्टि भएपछि उक्त सामाजिक बिषयकाे परीक्षा रद्व गरिएको छ।

एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएको थियाे । बिहीबार रातिदेखि नै सामाजिक सञ्जालमा प्रश्नपत्र भाइरल भएको थियो । सामाजिक सञ्जालमा भाइरल भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले साढे ७ बजे प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्न पत्र आउट भएको पुष्टि गरेको थियो ।

कार्यालयका उप नियन्त्रक चेतनाथ शर्माले प्रश्न पत्र आउट भएको पुष्टि पछि प्रदेश २ को शुक्रबारको परीक्षा रद्द गरिएको जानकारी दिए। उनले भने, ‘सामाजिक सञ्जालमा रातिदेखि नै प्रश्नपत्र आउट भएको पोष्टहरु भाइरल भएको थियो। त्यो पुष्टि पनि भयो। हामीले आजको परीक्षा रद्द गरेका छौं। तर अर्को परीक्षा कहिले गर्ने भन्नेबारे मिति केहीबेर पछि निर्णय हुनेछ।’
हिजाे मात्रै बिज्ञान बिषयकाे प्रश्न पत्र आउट भएको थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार