राजनीति
प्रहरीले विराटनगरमा विप्लव नेतृत्वको नेकपाका माेरङ जिल्ला सेक्रेटरी तथा पुर्व बिधार्थी नेतालाई लखेटी लखेटी पक्राउ गरेको छ ।
बिहीबार साँझ विराटनगर बजारमा प्रहरी र विप्लवका नेकपा का मोरङ जिल्ला सचिव नवराज भट्टराईको भेट भयो । प्रहरीले नियन्त्रणमा लिन खोज्दा भट्टराई मोटसाइकलमा भागे । प्रहरीको भ्यान पछिपछि कुद्याे । पुष्पलाल चोकदेखि उत्तरतर्फ लागेका भट्टराईको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भयो मोटरसाइकल दुर्घटनामा परेका सचिव भट्टराईको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरिएयो ।
तर, उपचार सम्भव नभएपछि बिहीबार नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
दुर्घटनापछि प्रहरीले सचिव भट्टराईलाई नियन्त्रणमा लिएर अस्पताल पुर्याएको मोरङ प्रहरीका एक अधिकृतले बताए ।
सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि प्रहरीले खोजीखोजी पक्राउ गर्न थालेको छ ।
चार दिनयता प्रहरीले विप्लवका भट्टराईसहित ४ जना नेता पक्राउ गरेको छ । यश अघि कोशी व्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ पुष्कर, ब्यूरो सदस्य माधनव गौतम र मोरङ इञ्चार्ज कृष्णकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनकाे बिपी स्वास्थ बिज्ञान प्रतिष्ठान काे आइसियु मा उपचार भइरहेको छ।