logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एसईई : वदनामीको शृङ्खला, भाेलीकाे प्रश्न पत्र आजै आउट


  • राजनीति
  • शुक्रबार, चैत्र १५ २०७५

लगातार तेर्साे पटक भाेलि हुने एसईईकाे परिक्षाकाे प्रश्न पत्र आजै आउट भएको छ। एसईई परीक्षा अन्तर्गत प्रदेश–२ शनिबार हुन लागेको स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको हाे ।

यसअघि बिहीबारको विज्ञान र शुक्रबारको सामाजिक विषयको प्रश्नपत्रसमेत बाहिरिएको थियो।

परीक्षाको अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि शनिबारको परीक्षा तयारीबारे बुझ्न सम्बन्धित क्षेत्रमा खटिएका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि र सरोकारवालाको टोलीले शनिबारको प्रश्नपत्र बाहिरिएको पुष्टि गरेका हुन्।

शनिबारको यो विषयको प्रश्नपत्र सामाजिक सञ्जालबाट बाहिरिएको हो। टोलीको अध्ययनबाट प्राप्त गरेको सूचनाको आधारमा प्रतिवेदन लेख्ने तयारी गरिरहेको छ। शिक्षा मन्त्रालय स्रोतका अनुसार उनीहरुले प्रश्नपत्र बाहिरिएको जानकारी मन्त्रालयमा गराइसकेका छन्।

प्रतिवेदन अध्ययनपछि शनिबारलगायत अन्य दिनका परीक्षा सञ्चालनबारे के गर्ने भन्ने निर्णय गरिने मन्त्रालयले जनाएको छ। यसबारे जानकारी दिन मन्त्रालयले साँझ सात बजे पत्रकार सम्मेलन गर्ने भएको छ। दैनिक परीक्षा रद्ध हुँदै गएपछि प्रदेश २ का विद्यार्थी आन्दोलित भएका छन्। कतिपय स्थानमा प्रहरीले विद्यार्थीका गतिविधि नियन्त्रण लिन अश्रुग्याससमेत प्रहार गर्नु परेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार