logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रधानाध्यापक लाइ कालोमोसो


  • राजनीति
  • बुधबार, असोज ४ २०७४

देशै भरी कारवाहिलाइ तिब्रता दिदै आएको निसाना आएको नेकपाका कार्यकर्ताले तनहुँ बन्दिपुर स्थित श्री भानु मावी का शिक्षक पुर्व विधालय प्र.अ दिप बहादुर खत्रीलाई अखिल(क्रान्तिकारी)तनहुँले भ्रष्ट शिक्षक भन्दै विधालयमै कालो मोसो दलेको छ। विधालयको प्र अ को जिम्मेवारीमा रहदा खत्रीले आर्थिक अनियमितता गरेको अखिल(क्रान्तिकारी) तनहुँका अध्यक्ष डम्बर बिकले बताए।
शिक्षक खत्रीले विधालयको विज्ञान सामग्री खरीद गर्दा ७ लाख, कम्प्युटर किन्ने नाउमा ४० हजार,करिव १ करोडको भौतिक संरचना निर्माण गर्दा फर्जी विल बनाई कमिसन खाएको, शिक्षक सरुवा गर्दा, तलव भत्ता वितरण गर्दा राजनैतिक प्रतिशोधको आधारमा भेदभाव गरेको, विधालयको भौतिक संरचना निर्माण गर्दा कागजपत्र हिनामिना गरेको जस्ता आरोप लगाएका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार