logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवकाे गाउँमा व्यापक प्रहरी सर्च, दुख दिए सहेर बस्दैनाै : स्थानीय


  • राजनीति
  • शनिबार, चैत्र १६ २०७५

विप्लव काे बाक्लो प्रभाव क्षेत्र वा मिनि राेल्पा भनेर चिनिने कपिलवस्तु जिल्ला अनि नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवकाे गाउमा पुन प्रहरीले व्यापक अप्रेशन सुरु गरेकाे छ।

कपिलवस्तुमा  ब्यपक रूपमा प्रहरीले सर्च अप्रेसन चलाएको छ । जिल्लाको शिवगढी नगरपालिका ९ स्थित गाउँगाउँमा करिब ३ सय भन्दा प्रहरीलले अप्रेसन चलाइरहेको जानकारी त्यहाँका स्थानीयले गुनासो गरेका छन्। प्रहरीले विप्लव कहाँ छ  भन भन्दै गाउले हरुलाइ तर्साउने गरेकाे स्थानीय ले बताए  ।

उक्त नगरपालिका स्थित  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव” को गाउँगाउँमा सर्च अप्रेसन पनि अहिले चलाइरहेको खबर छ ।

स्यमरणिय छ यस  अघि  महासचिव विप्लवको गाउँमा सर्च अप्रेसन चलाएको थियो । उक्त  अप्रेसन गरि नेकपाका समर्थकलाई घरबाट गिरफ्तार प्रहरी ब्यारेकमा पुर्यएर जङ्गलमा लगि गोलि हानेको थियो । त्यतिबेला  स्थानीय जनताले व्यापक रूपमा प्रतिरोध गरेको थियोे । गत प्रहरी अप्रेसन ताका ‘हामिलाई अनावश्यक दुख दिएका कारण प्रतिरोध गर्नुपर्याे फेरि दुख दिन सुरु भएकाेे छ अझ पनि अनावश्यक दुख सहेर बस्दैनाै एक स्थानीयले’ भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार