logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

तीन महिना अगाडि मात्र बिहे गरेका प्रियका निक डिभोर्स गर्ने तयारीमा !


  • राजनीति
  • आइतबार, चैत्र १७ २०७५

बलिउड- एक अमेरिकी म्यागजिनले बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनसको सम्वन्ध संकटमा परेको समाचार प्रकाशित गरेको छ । समाचारमा तीन महिना अगाडि मात्र बिहे गरेका उनीहरु डिभोर्सको लागि अघि बढिसकेको दावी समेत गरिएको छ ।

ओके नामक म्यागजिनले लेखेको छ, ‘उनीहरुबीच छोटो समयमै एक–अर्काप्रति वितृष्णा उत्पन्न भएको छ र दुवै डिभोर्स गर्ने विषयमा सहमतिमा पुगिसकेका छन् ।

जोनस प्रियंकाभन्दा १० वर्ष कान्छा हुन् । तर, प्रियंकाको व्यवहार भने केटाकेटीको जस्तो भएको समाचारमा उल्लेख छ ।

‘उनीहरु हरेक विषयमा झगडा गरिरहेका हुन्छन्, काम, पार्टी वा सँगै समय बिताउने कुरामा । उनीहरुले हतारमा बिहेको निर्णय लिएका थिए र अहिले फुर्सदमा पछुताइरहेका छन् । उनीहरुको वैवाहिक सम्वन्ध एउटा परालको त्यान्द्रोमा अडिएको छ ।’ स्रोतलाई उद्वृत गर्दै समाचारमा जनाइएको छ ।

स्रोतका अनुसार निकले बिहे अगाडि प्रियंकालाई कुल र सरल केटीको रुपमा चिनेका थिए । तर बिहेलगत्तै उनको धारणा बदलिएको छ ।

‘अहिले प्रियंकाले निकलाई आफ्नो नियन्त्रणभित्र राख्न खोजिरहेकी छन् । साथै उनको आवेशमा आउने स्वभाव पनि झल्किएको छ, जसको भेउ निकले पहिले पाएका थिएनन् ।’

निकको परिवारले छिटोभन्दा छिटो प्रियंकासित सम्वन्ध तोड्न दवाव दिइरहेको पनि स्रोत बताउँछ ।

‘परिपक्व ठानेर बुहारी बनाइएकी केटी उत्ताउली निस्किएपछि बाबुआमा असन्तुष्ट छन् । उनले २१ वर्षको पार्टी गर्लजस्तो व्यवहार देखाइरहेकी छन् ।’ समाचारमा उल्लेख छ ।

उनीहरु अलग हुने क्रममा प्रमुख लफडा सम्पत्तिको विभाजनलाई लिएर उत्पन्न हुनेछ । प्रियंका र निकले क्रिस्चियन तथा हिन्दू दुवै रितिबाट बिहे गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार