logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले प्रतिबन्ध लगाउन सक्ने


  • राजनीति
  • आइतबार, चैत्र १७ २०७५

फिदिम- पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले प्रतिबन्ध लगाउन सक्ने नेकपा केन्द्रीय सदस्य तथा प्रदेश-१ का सहइञ्चार्ज सावित्रिकुमार काफ्लेले बताएका छन्।

‘ज्ञानेन्द्र शाहलाई सर्वसाधारण नागरिक सरह गतिविधि गर्ने अधिकार छ। तर, गुमेको शक्ति फर्काउन ज्ञानेन्द्रले प्रयत्न गरे सरकारले प्रतिबन्ध लगाउन सक्छ।’ पाँचथर सदरमुकाम फिदिममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै काफ्लेले भने।

सोमबार देश दौडाहाका क्रममा पूर्वराजा ज्ञानेन्द्र पाँचथर सदरमुकाम फिदिम आउने कार्यतालिका छ।

‘राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने उद्देश्यले पूर्वराजा चलखेल गरिरहेका छन्,’ काफ्लेले भने, ‘संविधान विपरित गतिविधि गरेको खण्डमा कानुन बमोजिम कारबाही हुन्छ।’

पूर्वराजाको गतिविधिले सरकार सशंकित भएको काफ्लेको भनाइ छ। पूर्वराजाको गतिविधिलाई प्रतिबन्ध लगाउने सामथ्र्य सरकारसँग भएको उनको भनाइ छ। ‘वाम सरकारले मुलुकको हित विपरित गतिविधि गर्नेलाई रोक लागाउनुपर्छ’, उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार