logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

अरबपति कम्रेड प्रचण्डलाई पत्र: हामीले जनयुद्ध लडेकै कारण तिम्रो छोरि बुहारी मेयर मन्त्री भए


  • राजनीति
  • आइतबार, चैत्र १७ २०७५

हामीले जनयुद्ध लडेकै कारण आज तिम्रा छोरी बुहारीहरु मन्त्री देखि मेयर भए आफन्तहरु कोहि ठेकेदार कोहि मालिक भए तर तिम्रा लागि मर्न तयार हुने कयौं गरिबका छोराछोरी आज अरबको ५० डिग्रीको तातोमा बालुवा चाल्दै भबिस्य खोज्न बाध्य भएका छन् । जनार्दन देबेन्द्रको छोरिहरु अमेरिकामा पढ्ने भए त्यो त एउटा उदाहरणको पात्र मात्रै हुन, कसैको जापान कसैको युरोपमा पाढ्दैछ, कोहि दलालहरु तिम्रा खुट्टा मोलेकै भरमा अरबौको मालिक भएका छ भने तत्कालीन जनयुद्धको कमान्डर हरुको त कुरै नगरौं कोहि पनि करोडौंको मालिक भन्दा कम छैन।

हामीले जनयुद्ध लडेकै कारणले आज तिनीहरु करोडौंको मालिक भएका छौ भने तिम्रा लागि जनयुद्ध लड्ने गरिबको छोराछोरी खोइ आज? तिमीहरूलाई सत्तामा पुर्याउन पुल बन्ने घाइते अपांगहरु खोइ कसैको लेखाजोखा गरेको छौ? सहिदको छोराछोरी मागेर खान बाध्य छ अनि तिनीहरु चाहिँ तिनैको रगतमा टेकेर सत्तामा पुगेर तिनैको अस्तित्व समाप्त पारेर तिनीहरुको भबिस्य अन्धकार बनाएर मोज मस्ती गरेर बस्ने? अनि तिमीहरूलाई पुजा गर्नु पर्ने हामीले ?

जनयुद्धको घाइते अपांग सहिद परिवारको लागि दुई छाक पेटभरी खान नपाउने जनताको लागि थोरै अधिकारको आवाज उठाउदा हामीलाई राजनीति बाट प्रतिबन्धित गर्नुपर्ने ?

दलाल तथा अरबपति कम्रेड ,के जनयुद्ध यसैको लागि थियो त ?

हामीले ल्याएको व्यवस्थामा बसेर हामीलाई नै प्रतिबन्ध लगाउने ओलिहरु, तिनीहरु को हौं? तिनीहरुनै होइन गणतन्त्रको आन्दोलन हुँदा गर्दा बयल गाडाको संग्या दिने? अनि हामीले ल्याएको व्यवस्थामा मस्ती गरेर हामीलाईनै प्रतिबन्ध लगाउने को हौ तिमीहरु ? हामीलाई राजनीति गर्न बाट प्रतिबन्धित गर्ने अधिकार कसले दिइयो तिमीहरूलाई ?

के सत्तामा बस्दैमा जे पनि गर्न पाइन्छ भन्ने ठानेको छौ भने त्यो तिमीहरूको भ्रम मात्रै हो अरुलाई ढुङ्गा हान्न सिकाएर आफू सिसाको घरमा बसेर सुरक्षीत ठान्नु मुर्खता हो, जनताको छोराछोरी जबर्जस्ती मर्न बाध्य बनाएर आज त्यसैको ब्याजमा मात्ने अधिकार छैन जनयुद्धलाई डलरमा बेच्ने गद्द्दा हरुलाई।केही समयको लागि शक्तिको आडमा बस्दैमा दुनियाँ आफैले जितेको घमण्ड गर्न बन्द गर, हिटलर पनि जनताको सामु आफै समाप्त भएको ताजा उदाहरणहरु प्रसस्तै छ। आफू र आफन्तवाद बाट मुक्त हुन सकेनौ भने तिमीहरूलाई जनताले त्यो ठाउँ बाट सधाको लागि मुक्त गर्दिनेछ।
लेखक: पुर्व पि एल ए किरण सिटौला ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार