logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

आफ्ना‘निकट’ लाई बढुवा गर्न प्रहरीमा एआइजीको दरबन्दी थप्ने तयारी


  • राजनीति
  • आइतबार, चैत्र १७ २०७५

पोखरा- औचित्य नभएको भन्दै सरकार आफैले खारेज गरेको प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) को दरबन्दी थप्ने तयारी थालेको छ।
सरकारले मन्त्रिपरिषद बैठकबाट नियमावली संशोधन गर्दै २७ जेठ २०७५ मा नेपाल प्रहरीमा ३ एआईजीको दरबन्दी कायम गरेको थियो।

गृह मन्त्रालयको उच्च स्रोतका अनुसार, मन्त्रालयको दुईवटा एआईजी थप्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका थिए। तर राजनीतिक दबाब बढेपछि सोही प्रस्ताव फेरि मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको छ।

सरकारले ५ असोजमा गरेको एआईजी बढुवामा छुटेका मनोज नेउपाने र सुरेशविक्रम शाहका लागि नयाँ दरबन्दी सृजना हुन थालेको हो। नेउपाने महानिरीक्षक सर्वेन्द्र खनालका विश्वासपात्र र गृहमन्त्रीका स्वकीय सचिव (छोरा) प्रतिक थापाका खास निकट मानिन्छन्।यस्तै, रुकुमका शाह तत्कालीन एकिकृत माओवादीले रुचाएका प्रहरी अधिकारी हुन्।गृह मन्त्रालय स्रोतका भनाईमा, अहिले एकजनालाई जसरी पनि एआईजी बनाउनु पर्ने यति ठूलो दबाब छ कि, सोही कारण दरबन्दी थप गर्न लागिएको हो। सोही स्रोतले भन्यो, ‘अघिल्लो पटक पास नभएपनि फेरि केही दिनपछि दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिँदैछ।’दीपक खरेलले नेपालखबरमा लेखेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार