logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

काठमाण्डौ आउदै गरेको एयर चाइना लखनउ डाइभर्ट,७ विमान विराटनगरमा आकस्मिक अवतरण !


  • राजनीति
  • सोमबार, चैत्र १८ २०७५

पोखरा – चीनबाट आएको एयर चाइनाको विमान लखनउ डाइभर्ट भएको छ भने काठमाडौं आइरहेका आन्तरिक तर्फका ७ उडान पनि डाइभर्ट भएर विराटनगर विमानस्थलमा अवतरण गरेका छन्। काठमाडौंको मौसम खराब हुँदा यस्तो भएको समुन्द्र घिमिरेले नेपाल् खबरमा लेखीका छन।

एयर चाइनाको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि डाइभर्ट भएर भारतको लखनउमा अवतरण भएको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले पुष्टी गरेको छ। काठमाडौंको मौसम अहिले खुलिसकेको भएपनि एयर चाइना अब सोमबार मात्र काठमाडौं आउने छ।

आइतबार साँझ काठमाडौंको मौसम खराब भएर डाइभर्ट भएको यो एक मात्र अन्तर्राष्ट्रिय उडान हो।

तर काठमाडौं आउँदै गरेका आन्तरिक तर्फका ७ विमान डाइभर्ट भएर विराटनगर विमानस्थलमा अवतरण गरेका छन्। विराटनगर विमानस्थलका निर्देशक टेकनाथ सिटौलाका अनुसार बुद्व एयरका ४, यतिका २ र श्री एयरको १ विमान विराटनगरमा आकस्मिक अवतरण गरेका हुन्।

जनकपुर र विराटनगरबाट उडेका अन्य ६ वटा विमान डाइभर्ट भएर विराटनगरमा अवतरण गरेका हुन् भने भैरहवाबाट उडेको बुद्व एयरको एउटा विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि विराटनगरमा अवतरण गरेको सिटौलाले बताए। ती सबै विमान सोमबार मात्र काठमाडौं आउने छन्।

मौसम सफा भैसकेकाले काठमाडौंको आकाशमा घुमिरहेका विमान भने अवतरण गर्ने प्रक्रियामा रहेको विमानस्थल स्रोतले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार