हाम्रो छिमेकी राष्ट्र भारतमा प्रत्येक दिन कुनै न कुनै अपराधिक घटनाहरु सार्वजनिक भइरहेको हुन्छ । केही दिन अघि मात्रै श्रीमतीले आफ्नो प्रमीसँग मिलेर श्रीमानको हत्या गरी घरभित्रै गाडेको समाचार बाहिरिएको थियो । त्यस्तै गत आइतबार मात्रै पनि आफ्नो श्रीमान विदेशमा भएको समयमा आफ्नो तीन नाबालक बच्चाहरुसहित एक महिलाले विष सेवन गरी आत्महत्या गरेकी समाचार सार्वजनिक भएको छ ।
यसै सन्दर्भमा यस्तै अर्को एक घिनलाग्दो घटना पनि बाहिर आएको छ । जहाँ एक जना पुरुष आफ्नो श्रीमतीको लागि औषधि किनेर श्रीमतीसहित बाइकमा घर फर्कदै थिए, सोही समयमा अन्य तीन जना यौन पिपासुहरु बुलेट बाइकमा पछ्याउँदै आए ।यसरी पछ्याउँदै ल्याउने क्रममा चक्कुको साहारामा उनीहरुको बाइक रोके । त्यसपछि श्रीमतीलाई सुनसान ठाउँमा लगेर सामूहिक बलात्कार गरे । ती पुरुषलाई यौन पिपासुहरुले चक्कु प्रहार गर्ने डर र धम्की दिदै उनकै अगाडि आफ्नो श्रीमतीलाई सामूहिक बलात्कार गरे ।यसरी श्रीमतीलाई बलात्कार गरिसकेपछि उनीहरुसँग भएको सबै पैसा लुटेर उनीहर फरार भए । यो घटना भारतको हरियाणाको राहतक जिल्लाको हो । यो घटना गत शनिबारको हो ।
पीडित श्रीमान श्रीमती सांपलाबाट खरखौदा जाँदै गरेका थिए । सोही समयमा तीन जना यौन पीपासुहरुले बाइक रोकेर श्रीमतीको सामूहिक बलात्कार गरेका हुन् । अहिले प्रहरीले पीडित श्रीमतीको मेडिकल जाँच गरेको छ, भने ती अज्ञात तीनै जनाविरुद्ध उजुरी दर्ता गरिएको छ ।उनीहरु उत्तर प्रदेशको बागपत जिल्लाका स्थानीय बासिन्दा हुन् । केही दिन देखि उनको श्रीमती बिरामी थिइन् । गत शनिबार उनीहरु दुवै औषधि लिनका लागि एक बैद्यको साथमा पुगेका थिए । तर फर्किने क्रममा अबेर भइकसेको थियो । बाटोमा राति ८ बजे तीन जना युवाहरु एक बुलेटमा आए र उनीहरुलाई रोके । त्यसपति चक्कु देखाएर निर्माणाधीन हाइवेमा बाइकबाट ओर्लाएपछि श्रीमतीलाई सामूहिक बलात्कार गरेको उजुरीमा छ ।
यसरी सामूहिक बलात्कारपछि उनीहरुसँग भएको ७ हजार रुपैया नगद र मोबाइल फोन लिएर ती बद्मासहरु त्यहाँबाट फरार भए । अहिले प्रहरीले यो घटनाको छानविन सुरु गरेपनि आरोपीहरु भने अझैं फरार नै छन् ।एजेन्सी