logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सर्वसाधारणको स्कुटर ठक्कर दिने सशस्त्रको भ्यानलाई ट्राफिकले लगाए ५ सय जरिवाना


  • राजनीति
  • सोमबार, चैत्र १८ २०७५

पोखर -चैत १५ मा नयाँ बानेश्वर सडकखण्डमा पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको गाडीको पछुवा गाडी सशस्त्र प्रहरीको भ्यान चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत कारबाही गरेको छ।

महाशाखाले सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वसाधारणको स्कुटरलाई ठक्कर दिई हिँडेको बा।१झ ९५२७ नम्बरको भ्यान चालक सन्तोष घिमिरेलाई ५ सय रुपैयाँ जरिवाना गराएको जनाएको हो।

उक्त दुर्घटनाको भिडियो सँगै रहेका एक मोटरसाइकल चालकले खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। सामाजिक सञ्जालमा भाइरल भएपछि सुरक्षाकर्मीको गैरजिम्मेवारी र लापरबाही भन्दै तीव्र आलोचना भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार