logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

राहतका लागि काङ्रेस सांसदले दुई नेकपाका सांसदले एक दिनको तलब उपलब्ध गराउने


  • राजनीति
  • सोमबार, चैत्र १८ २०७५

काठमाडौँ — कांग्रेस संसदीय दलले पार्टीका संघीय संसद्‌ सदस्यहरुबाट हावाहुरीबाट प्रभावित परिवारका लागि राहतवाफत दुई दिनको तलब सहयोग गर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृण खाँणद्वारा सोमबार जारी विज्ञप्तिमा बारा र पर्सालगायतका तराइका जिल्लामा अकस्मात आएकोहावाहुरीबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै राहत रकमको घोषणागरिएको जनाएकोछ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीका संघीय सांसदहरूको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ।

नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रको निरीक्षण पश्चात सो कुराको जानकारी गराएका हुन्।

उनले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाईसमेत अपिल गरेका छन्।

संघीय सांसदको मासिक पारिश्रमिक ५५ हजार २ सय तीन रूपैयाँ छ। यसरी हिसाब गर्दा दैनिक तलब एकजनाको १८४० रूपैयाँ हुन्छ। राष्ट्रिय सभा र प्रतिनिधि सभामा नेकपामा २१२ सांसद छन्। उनीहरूको एक दिनको तलब ३ लाख ९० हजार रूपैयाँ हुन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार