नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) काठमाडौ क्याम्पस जिल्लाका अध्यक्ष उषाकिरण आजाद ले बिद्यार्थीको शैक्षिक र राजनीति अधिकार सुनिश्चित गर्ने लडाइँमा कसै सग जिवनको भिक नमाग्ने चेतावनी दिएकाछन । अखिल (क्रान्तिकारी)को जिवनमा दमन र यातना नया कुरा नभएको भन्दै सरकारले आफ्नो आयु घटाउने काम नगर्न प्रधानमन्त्रीलाइ सुझाव दिएका छन ।
क्याम्पस जिल्ला अंतरगत पशुपति क्याम्पसका बिद्यार्थी नेता गगन गिरि, अनिल श्रेष्ठ र शिरीष बोहरा पब्लिक युथ क्याम्पसका अशोक महत्तरा, लाई बिना कारण प्रहरीले गिरफ्तार गरेको भन्दै उनले उक्त धारणा सार्वजनिक गरेका हुन । एक बिज्ञप्ती जारी गर्दै युवा बिद्यार्थीलाइ खाडी पठाएर मुलुकमा रजाइँ गर्ने शाशन ब्यवस्थाको विरुद्धमा संघर्ष गरिरहने भन्दै कुनै धरपकडले अभियान नरोकिने संकेत गरेकाछन ।
उनले गिरफ्तार सबैको बिनासर्त रिहाइको माग गरगर्दै बिद्यार्थी सग खेलाची नगर्न सरकारलाइ चेतावनीसमेत दिएकाछन । आजादले विप्लव नेकपालाइ सरकारले लगाएको प्रतिबन्ध फिर्ताको गरेर दमन रोक्न माग गरेकाछन ।
बिज्ञप्ती
