logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा प्रचण्ड र देउवा जाँदै


  • राजनीति
  • मंगलबार, चैत्र १९ २०७५

पोखरा- नेपाली काङ्ग्रेस सभापति नेकपा अध्यक्ष शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा निरीक्षणका लागि जाने भएका छन्।

आइतबार साँझको हावाहुरीमा परी दुई जिल्लामा गरी २७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। ६ सयभन्दा बढी घाइते भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रचण्ड बिहान ११ बजे सो क्षेत्रमा जान लागेका हुन्।यस्तै, कांग्रेस सभापति देउवा बिहान ९ बजे नै बारा जाने कार्यक्रम रहेको छ।

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त क्षेत्रमा निरीक्षण गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार