logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

१७/१७ लाख धरौटी तिरेर रिहा भए गण्डकी मेडिकलका दुई कर्मचारी


  • राजनीति
  • मंगलबार, चैत्र १९ २०७५

पोखरा – कास्की अदालतको आदेशमा गण्डकी मेडिकल कलेज (जीएमसी)प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष खनाल र परीक्षा संयोजक लक्ष्मण शर्मा धरौटी बुझाएर रिहा भएका छन।

बिधार्थी सङ्ग नेपाल सरकारले तोकिएको भन्दा बढी शुल्क उठाएको आरोपमा पक्राउ परेका खनाल र शर्मा १७/१७ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।

खनाल र शर्मा २ जना सहित कलेजका ११ जनाविरुद्ध ठगी मुद्दा दायर भएको थियो। विद्यार्थीको उजुरीका आधारमा कास्की प्रहरीले उनीहरुलाई फागुन २२ गते समातेको थियो। अध्यक्ष खुमा अर्यालसहित ९ जना भने फरारै छन्।

ठगी मुद्दामा आइत र सोमबार थुनछेक बहस भएको थियो। बहस सकिएपछि न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले धरौटी लिएर छाड्ने आदेश गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार