logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सांसद त्रिपाठीले दिए दुई महिनाको पारिश्रमिक,बाबुराम भट्टराई दिए आधा महिनाको तलब


  • राजनीति
  • मंगलबार, चैत्र १९ २०७५

बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीले सयौं घर ध्वस्त भएको छ । २७ जनाको मृत्यु र चार सयजना भन्दा बढी घाइते हुनेगरी आएको हावाहुरीले कयौंलाई घरबारविहीन बनाएको छ । पीडित परिवारका लागि राहत तथा सहयोग जुटाउने काम भइरहेको छ ।

कयौंले स्वेच्छिक सहयोगको घोषणा गरिरहेका छन् । राजनीतिक दलहरु, व्यवसायी, पेशाकर्मी, नेता तथा सांसदहरुले समेत सहयोगको घोषणा गरेका छन् । सहयोग घोषणाका क्रममा पनि केहीको मन निकै कसिलो र केहीको निकै उदार देखिएको छ ।

तत्कालिन नेकपा एमालेको चुनाव चिह्न ‘सुर्य’बाटै निर्वाचित भएका सांसद हृदयेश त्रिपाठीले भने दुई महिनाको पारिश्रमिक सहयोग स्वरुप उपलब्ध गराउने घोषणा गरेका छन् । मधेस र मधेसी जनताको हक अधिकारका लागि लामो समय संघर्ष गरेका त्रिपाठी चुनावको पूर्वसन्ध्यामा तत्कालिन एमालेसँग गठबन्धन गर्दै ‘सुर्य’ चुनाव चिह्न लिएर उम्मेदवार बनेका थिए ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले बारा-पर्सामा विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनामा तन, मन र धनले लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।संयोजक डा। भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्लाप्रदेशका पार्टी युनिटहरुलाई उद्धारराहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् । त्यसैगरी राहतपुनर्स्थापनाको निम्ति पार्टीका सबै सदस्यहरूले आआफ्नो हैसियत अनुसार आर्थिक सहयोग सीधै वा आआफ्नो कमिटी मार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन आह्वान गरेका छन् । उक्त रकमलाई एकमुष्ठ रूपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने जानकारी पनि उनले दिए ।

‘मैले व्यक्तिगतरूपमा आफ्नो प्रतिनिधिसभा सदस्य बापतको आधा महिनाको तलब प्रदान गर्नेछु,’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार