logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सांसदहरुलाई प्रदर्शनकारीद्वारा नितम्ब सहित अर्ध-नग्न शरीर देखाईदिए पछी


  • राजनीति
  • मंगलबार, चैत्र १९ २०७५

एजेन्सी -सोमबार ब्रिटिस तल्लो सदन(हाउस अफ कमन) अर्ध–नग्न प्रदर्शनकारीहरुले अवरुद्ध गर्ने प्रयास गरेका छन ।सो समय सदनमा ब्रेक्जिटसम्बन्धमा वहस चलिरहको थियो ।

प्रदर्शनकारीहरुले सर्वसाधरण ग्यालरीको सिसाबाट २० मिनेटसम्म तल च्याम्बरमा आफ्नो नितम्ब देखाएका थिए । माथि ग्यालरीमा अहिंसात्मक प्रदर्शन चलिरहदाँ तल च्याम्बरमा सांसदहरुले वहस जारी राख्ने प्रयास गरेका थिए ।

‘एक्जिस्टेन्सियल रिवेलियन’ नामको समूहका ११ अभियानकर्मीहरुले उक्त विरोध प्रर्दशन गरेका थिए । प्रदर्शनकारीहरुले आफ्नो छातिमा ‘सबैको लागि जीवन’ र ‘एसओएस’ जस्ता नाराहरु लेखेका थिए । समुहले जलवायु परिवर्तन मुद्धा ब्रेक्जिट वहसमा प्रमुखजस्तै मुद्धा हुनुपर्ने भए पनि हालसम्म छलफलमै नआएको भनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार