logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मिटरमा जान नखोज्ने पोखरामा ३१ ट्याक्सी यसरी परे प्रहरीको फन्दामा हेर्नुस


  • राजनीति
  • बुधबार, चैत्र २० २०७५

पोखरा- ट्राफिक प्रहरीले मिटरमा जान नमान्ने ट्याक्सीलाई निगरानी गरेर कारवाही थालेको छ ।

पोखरामा ट्याक्सी चालकले मनपरी भाडा लिएको भन्ने गुनासो यात्रुबाट बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सादा पोशाकका प्रहरी खटाएर कारवाही अगाडि बढाएको हो ।

पोखराका विभिन्न स्थानबाट आज ३१ ट्याक्सीलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रमुख मुरारी मिश्रले जानकारी दिए ।

‘पर्यटकीय शहर पोखरामा ट्याक्सी चढ्नेहरुको निकै गुनासो आइरहेको थियो । पटक पटक मिटरमा चलाउने सहमति भए पनि कार्यान्वयन नभएपछि हामीले कारवाहीलाई अगाडि बढाएका हौँ,’ मिश्रले भने ‘नियन्त्रणमा लिइएका ट्याक्सीलाई यातायात कार्यालयबाट बढी भाडाअन्तर्गत कारवाही हुनेछ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार