logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

वडा कार्यालयमा नेकपाले राख्यो शकास्पद बस्तु,डिस्पोज गरी हेर्दा सेना प्रहरी आश्चर्यमा हेर्नुस


  • राजनीति
  • बुधबार, चैत्र २० २०७५

सुर्खेत- सुर्खेतमा विप्लव माओवादीले वडा कार्यालय अगाडि शंकास्पद देखिनेगरी वस्तु राखेको छ।

विप्लव नेतृत्वको नेकपाको पर्चासहित सुर्खेतको गुर्भाकोट नगरपालिका–६ को वडा कार्यालयमा अगाडि शंकास्पद वस्तु फेला परेको थियो। स्थानीयले वडा कार्यालय अगाडि शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तत्कालै ईलाका प्रहरी कार्यालय छिन्चुबाट गएको टोलीले उक्त शंकास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षित राखेर सेनालाई खबर गरेको थियो । विप्लवले राखेको शंकास्पद भनिएको वस्तुमा पार्टीको झण्डाले बेरेर भित्र ढुंगामात्र राखेको पाइएको छ।
प्रहरी निरीक्षक चौलागाईंका अनुसार शंकास्पद वस्तुसँगै भेटिएको पर्चामा ‘दलाल पुँजीवादी मञ्चको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको छ।

यस्तै, पर्चाको अन्तमा ‘नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय कार्यालय’ लेखिएको उनले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार