आश तमु,पोखरा – पोखरामा नेविसंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई कालो झण्डा देखाएको छ । पोखरा विश्वविद्यालयको १६ औं दीक्षान्त समारोहमा सहभागी हुन आएका मन्त्री पोखरेललाई नेपाल विद्यार्थी संघका विद्यार्थीले क्याम्पस गेटमा कालो झण्डा देखाएका हुन् ।
मन्त्रीलाई कालो झण्डा देखाएको अभियोगमा प्रहरीले तीन विद्यार्थीलाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा नेविसंघ पोखरा विश्वविधालय इकाई सभापति फिरोज सुवेदी, विश्वविद्यालय इकाई समन्वय समिति सचिव विकास रानाभाट र नेविसंघका जिल्ला स्तरका नेता प्रताप बाँनिया रहेका छन् ।
विद्यार्थीलाई इलाका प्रहरी कार्यालय डाँडाकोनाक शिशुवाको नियन्त्रणमा राखिएको छ ।
सरकारका कामकारवाही विरुद्ध विरोध स्वरुप मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम अनुरुपनै विद्यार्थी प्रदर्शनमा उत्रिएको एक नेताले बताए।
आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै नेवि सघ जिल्ला सभापतिले चेतावनी दिएका छन। नेवि संघ जिल्ला सभापति बिकास थापाले फेसबुकमा स्टाटस लेख्दै नेपाल सरकारले शैक्षिक माफियालाई प्रोतसाहन हुने खालका कृयकलाप दोहोराई रहदा त्यसको विरोध स्वरुप शिक्षा मन्त्री गिरिराजमणी पोखरेल लाई कालो झन्डा देखाएको बताएका छन।
झन्डा देखाउने क्रममा पोखरा विश्व विधालयका ने वि संघका अध्यक्ष फिरोज सुवेदी, ने वि संघ नेता विकास रानाभाट र ने वि संघ कास्कीका नेता प्रताप वानियालाई धरपकड गरी प्रहरी प्रसासनले पक्राऊ गरेको भन्दै नेपाल विधार्थी संघ कास्की विधार्थी नेताहरुको यथा सिग्र विना सर्त रिहाईको माग गरेका छन। नेता कार्यकर्ताको रिहाई नगरे अन्यथा प्रशासनले आन्दोलनको आधिवेरीको सामना गर्नु पर्ने उनले बताए ।