logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

भाबुक हुदै देउवाले भने “म ओलीको विरोध गर्छु, मेरा साथीहरु मेरै विरोध गर्छन्”


  • राजनीति
  • बुधबार, चैत्र २० २०७५

दाङ- पार्टी भित्रै आफ्नो आलोचना भैरहेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुखेको पोखेका छन्।

दाङको लमहीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूले सरकारको आलोचना खुलेरै गरिरहेको समयमा पार्टी भित्रै आफ्नो आलोचना हुने गरेको भन्दै दुखेको पोखेका हुन।

देउवाले भने, ‘म ओली सरकारको खिलाफमा जान्छु । आफ्नै साथी मेरो खिलाफ गर्छन् ।’ पार्टी सभापतिले अनुशासनहिन काम गरेको भन्ने उजुरी भ्रमपूर्ण रहेको उनले बताए । ‘त्यो भ्रमपूर्ण हो’ पत्रकारले सोधेको जिज्ञासामा जवाफ दिँदै उनले भने–‘जसले उजुरी हालेको छ । उसैसँग सोध्नुस ।’यस्तै उनले प्रतिपक्षको भूमिका कमजोर नरहेको दाबी गरे । रेलिङ्ग भाच्ने र तोडफोड मात्रै गर्ने प्रतिपक्षको काम नरहेको उनले बताए ।
यस्तै उनले जनमत संग्रहको नाममा देश टुक्राउन नपाइने बताए । सरकारले सीके राउतसँग गरेको सहमतिबारे देउवाले भने, ‘उसले जनमत संग्रह नै भन्या हो भन्छन् कुरा के हो सरकारले भन्नुपर्छ, तर देश टुक्राउन पाईँदैन, सीके राउत अथवा विप्लव सबैलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुपर्छ ।’
नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले लमही–५ रातोडाँडामा निर्माण हुन थालेको विपी स्मृती भवनको शिलान्यास गरेका छन् ।

लमही नगरविकास समितिले उपलब्ध गराएको दुई कठ्ठा जग्गामा निर्वाचन क्षेत्र पूर्वाकार विकास कार्यक्रम अन्तर्गत १५ लाखको बजेटमा उक्त भवन बन्न थालेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार