logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेपाली सेना कसैको प्यादा बन्नु हुदैन : विप्लव


  • राजनीति
  • शनिबार, असोज ७ २०७४

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले दलाल राजनीतिको कारणले नेपालका कुनै पनि निकाय मौलिक र ब्यवस्थित नभएको धारण राखेका छन ।

महासचिव विप्लव ले नेपाली सेना जस्तो भएको छैन कसैले खडा गरिदिएको प्यादा जस्तो हुन गएको बताएका छन। प्रहरी प्रहरी जस्तो नहुनु, सेना सेना जस्तो नहुनु र कर्मचारी कर्मचारी जस्ता नभै कसैको  सेवाका लागी मात्र खडा गरिएका निकाय जस्ता मात्र भएको भन्दै यो दलाल राजनीति नफेरिए  सम्म यस्तै रहने धारणा राखेका छन । उनले एकीकृत जनक्रान्ती भनेको सेना प्रहरी कर्मचारी र सबै सबैको हित र न्याय गर्ने संघर्ष भएको हुदा साथ दिन अपिल समेत गरेका छन । राजधानीमा आयोजित एउटा बैबहिक कारक्रममा बोल्दै उत्त कुरा बताएका हुन ।

अर्को प्रसङ्गमा युवाहरु हरेक सकिर्णता बाट माथी उठेर राष्ट्रको सेवा गर्नु पर्ने  धारणा समेत राखेका छन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार