logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बदनाम बन्दै पोखराको मणिपाल,एउटालाई लगाउनु पर्ने सुई अर्कोलाई लगाएपछि विरामीको मृत्यु


  • पत्रपत्रिका
  • बिहिबार, चैत्र २१ २०७५

पोखरा-स्वास्थ्यकर्मीको लापरबाहिका कारण पोखराको मनिपाल अस्पतालका  बिरामीको मृत्यु भएको  छ । बागलुङ जैमनी वडा नम्बर ८ का ७५ बर्षीय धनराज परियारको मृत्यु भएको हो।

आफन्तले बताएका अनुसार मंगलबार साँझ अस्पतालका स्वास्थ्यकर्मीले एउटा बिरामीलाई लगाउनु पर्ने सुई अर्कै बिरामीलाई लगाईदिएपछि परिवारको मृत्यु भएको बताएका छन।‘त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुले सँगैको अर्काे बेडमा रहेको अर्कै बिरामीको लागि ल्याएको सुई ल्याएर बुबालाई लगाएपछि उहाँको मृत्यु भएको हो’–धनराजका छोरा केशव परियारले भने, ‘सुई लगाउनासाथ बुबा वाकवाकी लाग्यो भनेर निस्कनु भयो र दुई मिनेटमै उहाँको मृत्यु भयो ।’अर्काको लागि ल्याएको सुई आफ्नो बुबालाई लगाई दिएपछि स्वास्थ्यकर्मीले जिब्रो टोक्दै बाहिर निस्केको कुरुवा बहिनी बिमलाले पनि देखेको उनले बताए । केशवका अनुसार टाउको दुख्ने तथा खोकि लाग्ने भएपछि धनराजलाई आइतबार मनिपाल ल्याईएको थियो ।

अस्पताल ल्याएपछि इमरजेन्सी कक्षमा लगिएको धनराजको इसिजी गरेपनि रिपोर्टमा केहि नदेखिएपछि स्वास्थ्यकर्मीले उनलाई ओपिडीमा पठाएका थिए । धनराजको मृत्युपछि आफन्तहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै शवको जिम्मा लिन मानेका छैनन् ।अस्पताल प्रशासन र आफन्तबीच बुधबार वार्ता भएपनि निष्कर्ष बिनै टुङ्गिएको छ ।

अस्पतालको तर्फबाट वार्तामा बसेका डाक्टर फोन सम्पर्कमा आएका छैनन् । वार्ताको क्रममा अस्पताल प्रशासनका ब्यक्तिहरुले अर्काे सुई लगाउनु गल्ती भएको स्वीकार गरेपनि सुईकै कारण बिरामीको मृत्यु नभएको दाबी गरेको समाचार आजको ढोरपाटन दैनिकमा छापिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार