राजनीति
सप्तरी- माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेका ६ जनालाई बिहीबार सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज–१० घर भएका विष्णूदेव यादव, राजविराज–१६ का शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी–१ का १७ वर्षीय राजेश यादव, सोही ठाउँका १७ वर्षीय उमेश यादव, राजविराज–१० का २२ वर्षीय ब्रह्मदेव सुनरैत र सप्तरीको कञ्चनपुर नगरपालिका–६ का २५ वर्षीय दिपेन्द्र कुमार मण्डल छन् ।
एसईई मा प्रश्नपत्र आउट गर्ने अभियुक्त सार्वजनिक गर्दै प्रहरी
माध्यमिक शिक्षा परिक्षा(एसईई) को परीक्षा अगावै प्रश्नपत्र बाहिर्याउने अभियुक्तहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गर्दैछ।
परीक्षा अगावै विज्ञान र सामाजिक विषयको प्रश्न पत्र सार्वजनिक गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले घटनाको छानविन गरिरहेको थियो।
सिआइबीका प्रमुख डिआइजी निरजबहादुर शाही र प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज दिउँसो अढाई बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रश्नपत्र आउट गर्ने अभियुक्तहरुलाई सार्वजनिक गरिने कार्यक्रम छ।
चैत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो । त्यसको अध्ययन गर्न सीआईबीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीकै संलग्नतामा प्रश्नपत्र आउट भएको पत्ता लागेकोहो ।
सीआईबीका अनुसार प्रश्नपत्र आउट गर्ने काममा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलसहित आठ जना पक्राउ परेका छन् । प्रश्नपत्र लगातार आउट भएपछि प्रदेश न. २ काे एसईई रद्व गरिएको थियाे ।