logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

शिक्षा मन्त्रीलाइ कालो झण्डा ९ जना बिद्यार्थी नेताहरु गिरफ्तार


  • राजनीति
  • शनिबार, असोज ७ २०७४

पोखरा- सार्बजनिक शिक्षालाइ धारासायी बनाउन भुमिका खेलेको अर्थात शिक्षा ऎन पास गरेको बिरोधमा बिभिन्न कार्यक्रम गर्दै आएका नेकपा निकट अखिल क्रान्तिकारीले र नया शक्ति निकट बिद्यार्थी संगठनले आज पोखरामा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाइ कालो झण्डा देखाएको थियो । बिरोध प्रदर्शन गर्दै गर्दा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य आस गुरुङ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष शिव क्षेत्री र नया शक्ति बिद्यार्थी युनियनका महासचिव नेत्र चापागाईं लगायत ९ जना नेता कार्यकर्तालाइ प्रहरी गिरफ्तार गरेको छ । उनिहरुलाइ अहिले जिप्रकामा राखिएको छ ।

पोखरा उधोग बाणिज्यको हलमा आयोजना गरिएको एक सम्मान कार्यक्रममा सहभागी हुन गएका मन्त्रीलाइ बिद्यार्थीहरुले कालो झण्डा देखाउने बाराबाजी गरेका थिए । गरिव किसानका सन्तानलाइ शैक्षिक अधिकार बाट बन्चित गर्ने शिक्षा ऎन रहेको भन्दै बिद्यार्थी संगठन हरु निरन्तर आन्दोलनमा छन ।

गिरफ्तार गरिएका नेताहरु
आश गुरुङ अखिल क्रान्तिकारी केन्द्रिय सदस्य
शिब क्षेत्रि अखिल क्रान्तिकारी पिएनसि अध्यक्ष
नेत्र चापागाई नयाँ शक्त्ति महासचिब
नबराज पौडेल नयाँ शक्त्ति
रेशम सापकोटा नयाँ शक्त्ति
बिकल पौडेल नयाँ शक्त्ति केन्दिय सचिब
सुनिल पौडल नयाँ शक्ति प्रदेश अध्यक्ष
सङित लामिछाने नयाँ शक्त्ति
विशाल तिमल्सिना नयाँ शक्त्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार