राजनीति
चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय सहायक डिनलाई विद्यार्थीले जुत्ताको माला लगाएर कालो मोसो दलेका छन् ।
कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझामाथि विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले कालोमोसो र जुत्ताको माला लगाईदिएका हुन् ।
३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिन त्यसमाथि २–२ घण्टाका दरले ८ लेक्चरमा सकाएको र छैटौ सत्रान्तको कोर्ष तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर झारा टार्दै कोर्ष सकाउने काम गरेको भन्दै बिद्यार्थीहरुले ओभामाथि कालोमोसो दल्नु परेकोे बताए ।
बिगत वषौ वर्ष देखि ओझाले बिद्यार्थीको भविष्यमाथि खेलवाड गरि यसरी नै कक्षा चलाउदै आएको र विरोध गर्ने कोहि निस्के उसको प्राक्टिकल नम्वरनै कम दिएर दुःख दिने गरेको बिद्यार्थीको आरोप छ ।