logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सभामुख महरा भोली दोहा जाँदै, को–को छन् टोलीमा ! आखिर किन जादै ?


  • राजनीति
  • बिहिबार, चैत्र २१ २०७५

पोखरा- सभामुख कृष्णबहादुर महराको नेतृत्वको टोली शुक्रवार अन्तर व्यवस्थापिका संघ (आईपीए) को सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्दैछ ।

चैत २२ गतेदेखि २७ गतेसम्म संघको १४० औं बैठक दोहामा हुँदैछ । बैठकमा सभामुख महराले नेपालको धारणा राख्ने र महिला सांसदको बैठकमा सांसद पुष्पा भुसालले भाग लिने कार्यक्रम रहेको छ ।

महरा नेतृत्वको टोलीमा सांसद शान्ता चौधरी, हरिचरण सिवाकोटी, पुष्पा भुसाल, विमलप्रसाद श्रीवास्तव, लक्ष्मणलाल कर्ण, संसद सचिवालयका महासचिव मनोहर भट्टराई, प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र प्रेस सल्लाहकार डिल्ली मल्ल सहभागी हुने संघीय संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार