logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कास्की माछापुच्छ्रे गाउँपालिका धितालका होमनाथ भीरबाट लडेर मृत्यु


  • राजनीति
  • बिहिबार, चैत्र २१ २०७५

पोखरा- कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, धितालका ६० वर्षीय होमनाथ पौडेलको भीरबाट लडेर मृत्यु भएको छ।

चैत २० गतेदेखि हराएका पौडेलको बिहीबार शव गाउँपालिकाको च्यानडाँडास्थित भीरको ५ सय मिटर तल भेटिएको कास्की प्रहरीले जनाएको। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

यता, तनहुँको ब्यास नगरपालिका–४, सिमटारका ५ वर्षीय अंकित केसी आफ्नै घरको छतबाट खसेर घाइते भएका छन्। छतमा खेल्दै गर्दा खसेका उनको पोखराको मनिपाल अस्पतालमा उपचार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार