logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गाउँपालिकाका अध्यक्षमाथि ५६ जनाको आक्रमण , चारजना पक्राउ


  • राजनीति
  • शुक्रबार, चैत्र २२ २०७५

गाउँपालिकाका अध्यक्षमाथि आक्रमण गर्ने ४ जना पक्राउ परेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा मंगलबार राति प्रहरीले पञ्चेश्वर ६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, ५५ वर्षका बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षका हिक्मत भण्डारीलाई पक्राउ गरेको हो ।
सा‌ंकेतिक तस्वीर

अध्यक्ष चन्दले भने मंगलबार रोडीदेवलदेखि पञ्चेश्वर गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका विषयमा छलफल गरेर फर्किँने क्रममा आफुमाथि ५६ जनाको समूहले आक्रमणको प्रयास गरेको बताएका छन् ।

छलफलपछि सोही गाउँपालिका वडा नम्बर ४ का अध्यक्षसँगै जंगलको बाटो हुँदै फर्किरहेको उनीमाथि अपराह्न साढे ४ बजेतिर आक्रमण भएको बताइएको छ ।

छलफलपछि सोही गाउँपालिका वडा नम्बर ४ का अध्यक्षसँगै जंगलको बाटो हुँदै फर्किरहेको उनीमाथि अपराह्न साढे ४ बजेतिर आक्रमण भएको बताइएको छ ।

बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

न्युज२४ बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार