राजनीति
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले दलाल राजनीतिको कारणले नेपालका कुनै पनि निकाय मौलिक र ब्यवस्थित नभएको धारण राखेका छन । र संसदिय दलले आफ्ना दलका कारिन्दा जस्तो सोच्ने र ब्यवहार गर्ने कुरा सहि नभएको तर्क गरेका छन । उनले जनता र राष्ट्र सेवकको बिचमा खेलेर दलालहरुले लुट्ने सोचेको प्रती गम्भिर र जिम्मेवार हुन आग्रह समेत गरेका छन ।
महासचिव विप्लव ले नेपाली सेना जस्तो भएको छैन कसैले खडा गरिदिएको प्यादा जस्तो हुन गएको बताएका छन। प्रहरी प्रहरी जस्तो नहुनु, सेना सेना जस्तो नहुनु र कर्मचारी कर्मचारी जस्ता नभै कसैको सेवाका लागी मात्र खडा गरिएका निकाय जस्ता मात्र भएको भन्दै यो दलाल राजनीति नफेरिए सम्म यस्तै रहने धारणा राखेका छन । उनले एकीकृत जनक्रान्ती भनेको सेना प्रहरी कर्मचारी र सबै सबैको हित र न्याय गर्ने संघर्ष भएको हुदा साथ दिन अपिल समेत गरेका छन । राजधानीमा आयोजित एउटा बैबहिक कारक्रममा बोल्दै उत्त कुरा बताएका हुन ।