logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मुस्ताङ सांसदका छोरा अमित तुलाचन पोखराबाट पक्राउ


  • राजनीति
  • शुक्रबार, चैत्र २२ २०७५

पोखरा- मुस्ताङका प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनका छोरा अमित तुलाचन पोखराबाट पक्राउ परेका छन् । मदक प्रदार्थ पिएर झैझगडा गरेको भन्दै बैदाम प्रहरीले उनलाई होटलबाटै पक्राउ गरेको हो । डिहिकोपाटन स्थित ह्वाईट हाउस होटलका सञ्चालकसँग तुलाचनले झगडा गरेको बैदाम प्रहरी प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।

‘राती सामान्य भनाभन भएपछि तुलाचनले होटल सञ्चालकलाई मुखमा मुक्का हान्नुभएछ । सञ्चालकले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेर ल्याएको हो, उनले भने ।’ तुलाचन सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई सार्वजनिक मुद्धामा म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

अमित मुस्ताङबाट हुन् । सार्वजनिक मुद्धामा ३५ दिनसम्म हिरासतको कारबाही हुन्छ । तर घटना ठूलो नभएकोले प्रक्रिया पुर्याएर छोड्ने बैदाम प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार