राजनीति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।
केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि शनिबार दिउँसो १ बजे बोलाइएको थियो । बैठकका लागि नेताहरु पार्टी कार्यालय सानेपा पुगेका थिए । तर, अन्तिम समयमा आएर बैठक स्थगित भएको सूचना दिइएको छ ।
नेताहरुका अनुसार पार्टी सभापति शेरबहादुर देउवा क्षेत्रीय भेला उद्घाटन गर्न पोखरा पुगेका थिए भने कार्यसम्पादन समितिको भागवण्डामा समेत विवाद देखिएको छ । शुक्रबार नेताहरुबीच भएको छलफलमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलाई आफू बाहेक ८ जनाको नाम दिन प्रस्ताव गरेका थिए ।
यसमा नेता कृष्ण सिटौलाको असन्तुष्टि देखिएको छ भने दुबै समूहले पनि आफ्नो तर्फबाट नाम टुंग्याएको छैन ।हिजाे मात्रै सभापति शेर बहादुुुर देउवा र नेता रामचन्द्र पाैड्याल बिच भागबन्डा मिलेका समाचार बाहिर आएका थिए