logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बालकार्यक्रमका प्रस्तोता मुनालको निधन


  • राजनीति
  • बिहिबार, असोज १२ २०७४

रेडियो प्रस्तोता एवम् गायक बासुदेव मुनालको ६८ वर्षको उमेरमा निधन भएको छ । उनी घाँटीको क्यान्सर रोगबाट पीडित थिए ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मुनालको निधन भएको रेडियो नेपालका उपनिर्देशक एवम् संगीतकार टीका भण्डारीले जानकारी दिए ।

बिराटनगरमा विक्रम संवत् ००६ सालमा जन्मिएका मुनालले रेडियो नेपालमा करिब ४ दशक काम गरेका थिए । २०२९ सालमा रेडियो नेपाल प्रवेश गरेका थिए उनी । रेडियो नेपालको बाल कार्यक्रमको प्रस्तुतीले उनलाई निकै चर्चित बनायो ।

‘आऊ मेरा प्यारा प्यारा भाइ बहिनी हो, रेडियो नजिक आऊ…’ भनेर सुरु हुने बाल कार्यक्रमबाट उनले धेरैको मन जितेका थिए ।

उनले थुप्रै लोक शैलीका गीतहरु गाएका पनि छन् । लालुपाते फुलेर लाल भयो, झमझम इस्टकोट लगायतका धेरै गीतहरु चर्चित छन् ।

६ वर्ष अघि मस्तिष्क घात भएपछि बासुदेव मुनालले रेडियो नेपालबाट अवकास लिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार