logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सुर्यमा प्वाल देखियाे पृथ्वीलाई खतरा हुनसक्छ : नासा


  • राजनीति
  • शनिबार, चैत्र २३ २०७५

वैज्ञानिकहरुले सूर्यमा प्वाल देखिएको दाबी गरेका छन् । अन्तर्रा्ष्ट्रिय वैज्ञानिकहरुको संस्था नासाले सूर्यमा प्वाल देखिएको र यसले पृथ्वीलाई नै खतरामा पार्न सक्ने बताएका छन् ।

सूर्यमा विशाल कालो छिद्र (प्वाल) देखा परेको यसले पृथ्वीमा तातो ज्वालाहरु फ्याक्न सक्ने चेतावनी दिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमरुले जनाएका छन् ।
डेलिमेल काअनुसार प्वालले पृथ्वीसम्म तातो ज्वालाहरु फ्याँक्नसक्ने, केही दिन पृथ्वीमा अन्धकार (ब्ल्याकआउट) हुनसक्ने र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकहरुको चेतावनी छ ।

वैज्ञानिकहरुले सुर्यास्तको समयमा खिचेको तस्वीर एआर–२६६५ अनुसार एकलाख २० हजार किलोमिटर फराकिलो उक्त कालो छिद्र (प्वाल) पृथ्वीभन्दा ठूलो रहेको बताएका छन।

वैज्ञानिकहरुले उक्त छिद्रबाट खतरनाक ‘एम क्लास’ को सौर्य ज्वालाहरु उत्पादन गर्नसक्ने बताउँदै पृथ्वीमा रेडियो ब्लाकआउट उत्पन्न भएर विकिरण तुफान आउनसक्ने भन्दै उच्च सर्तकता अपनाउन चेतावनी दिएका छन् । यस घटनाले पृथ्वीको सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकहरुले प्रारम्भिक अनुमान छ । नासा सौर्य गतिशील वेधशालाले गतहप्ता सूर्यमा रहेको उक्त विशाल कालो छिद्र पत्ता लगाएको नासाले जनाएको छ ।

नासालाई प्राप्त तस्बिरमा उक्त कालो छिद्र एकदमै गहिरो देखिएको छ । यस क्षेत्रलाई सूर्यको चिस्यान क्षेत्र (कुलर एरिया) मानिन्छ । यस्तो छिद्रको निर्माण हुनुको कारण सूर्यको चुम्बकीय क्षेत्रसँगको अन्तरक्रियात्मक गतिविधि रहेको वैज्ञानिकहरुको दाबी छ ।

अहिले सूर्यमा रहेको चुम्बकीय क्षेत्रका कारण उक्त प्वालबाट ज्वालाहरु निस्कन पाएका छैनन् । यदि त्यहाँबाट विस्तारै ज्वालाहरु निस्कने क्रम सुरु भयो भने सूर्यको वरिपरि सतहमा ठूलो मात्रामा ज्वालाहरु मडारिन सक्ने र त्यसको असर सौर्य मण्डलभर देखा पर्ने नासाको दाबी छ । नासाद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘नयाँ ‘सन्सपट’ समूहको दृश्यहरु घुमाएर हेर्दा उक्त छिद्रको आकार बढ्दै गएको देखिन्छ ।

दुई दिनको अन्तरालमा खिचिएको दृश्यहरुमा एउटामा मात्र ‘सन्सपट’ समूह देखा परेको छ । हुनसक्छ, यो सूर्यको केही सौर्य वर्षाको लागि यस्तो देखिएको हो । तर, भविष्यमा यसले सौर्यमन्डलको लागि कस्तो खतरा उत्पन्न गर्नेछ भन्ने विषयमा सबै वैज्ञानिकहरुलाई चेतावनी दिइएको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार