पोखरा- यात्रुवाहक बस र ट्रक तनहुँको आँबुखैरेनी गाउँपालिका-२ नारीघाटमा एक आपसमा ठक्कर खाँदा १३ जना घाइते जना घाइते भएका छन् ।
आज आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ना ५ ख ८१७६ नं।को यात्रुवाहक बस र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ६१६२ नं।को ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि १३ जना घाइते भएको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी प्रहरी प्रवक्ता गोबिन्द पुरीले जानकारी दिएका छन् । १२ जना घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेज,भरतपुर र १ जनालाई पोखरा पठाइको उनले जनाए ।