logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कांग्रेस नेताको रुखले च्यापेर मृत्यु


  • राजनीति
  • आइतबार, चैत्र २४ २०७५

बागलुङ- निसीखोला गाउँपालिकाका नेपाली कांग्रेसका एक स्थानीय नेताको रुखले च्यापेर मृत्यु भएको छ।

गाउँमै रुख ढलाउने क्रममा रुखले च्यापेर गम्भीरु घाइते भएकानिसीखोला गाउँपालिका ६ निवासी नेपाली कांग्रेस निसीका निवर्तमान उप–सभापति ३५ वर्षीय हिमबहादुर घर्तीको थिए।

बिहीबार रुख ढलाउने क्रममा रुखले च्यापेर गम्भीर घाइते भएका घर्तीको हेलिकप्टरमार्फत् पोखरा गण्डकी अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो।

मृतक घर्तीको शवलाई एम्बुलेन्समार्फत् आफ्नै गाउँ निसीमा ल्याएर शनिबार अन्येष्टि गरिएको छ। घर्तीको पार्थिव शरीरमा संघीय सांसद ज्ञानकुमारी छन्त्याल र नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दोर्णकुमार कुँवरले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार