logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

एक मिनेटको अन्तरमा २ गोल हान्दै बार्सिलोना बिजयी


  • एजेन्सी
  • आइतबार, चैत्र २४ २०७५

एजेन्सी- साबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडमाथि २–० को जित निकाल्दै बार्सिलोनाले ११ अंकको अग्रता कायम गरेको छ ।

बार्सिलोनाका लागि ८५ औँ मिनेटमा लुइस स्वारेजले पहिलो गोल गरे । त्यसको एक मिनेटपति कप्तान लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोनाले एक मिनेटको अन्तरमा २–० को जित निश्चित गरेको हो ।

२८ औँ मिनेटमा नै डिएगो कोस्टा सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि बार्सिलोनाको ३१ खेलबाट ७३ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६२ अंक छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार