logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

स्पेनिस ला लिगा : बेन्जिमा एक्लैले २ गोल गरे पछी रियल मड्रिडको जित


  • राजनीति
  • आइतबार, चैत्र २४ २०७५

एजेन्सी रियल मड्रिडले एइबरमाथि २–१ को जित निकालेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले एइबरमाथि २–१ को जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा १–० ले पछि परेको रियल मड्रिड एइबरका लागि ३९ औँ मिनेटमा कार्डोनाले गोल गरेका थिए । रियल मड्रिडका लागि दुवै गोल करिम बेन्जिमाले गरेका हुन् ।५९ औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई १–१ को बराबरीमा ल्याए । ८१ औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिडले जित निश्चित गरेको हो ।

जितपछि तेस्रो स्थानको रियल मड्रिडको ३१ खेलबाट ६० अंक भएको छ र उ दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा दुई अंकले पछि छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका खेलमा स्पानियोलले जिरोनालाई २–१ तथा रायो भालेकानोले भ्यालेन्सियालाई २–० ले हराएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार