राजनीति
दाङ –पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङमा बस दुर्घटना भएको छ । लमही नगरपालिका वडा नम्बर ३ जखेरा चोक नजिक बुटवलबाट महेन्द्रनगरका लागि छुटेको लु १ ख ८६३० नम्बर को बस दुर्घटना हुँदा तीनजना यात्रु गम्भीर घाइते भएका छन् ।
बसको पट्टा भाच्चिँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइतेको लमही अस्पतालमा उपचार भैरहेको छ । ‘गल्लीमा समेत ठाउँ थिएन । धेरै मानिस थिए । एक्कासी राजमार्गबाट बस तल खस्यो ।’ बसमा सवार यात्रु बिष्णु ज्ञवालीले भने, ‘धन्न बाँचियो । निधारमा सानो चोट छ ।’