logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

चिया पसलको छानो हावाहुरीले उडाउँदा पैदल यात्रुको मृत्यु


  • राजनीति
  • आइतबार, चैत्र २४ २०७५

मलंगवा -हावाहुरीले घरको छानो उडाउँदा त्यसले लागेर एक पैदल यात्रुको मृत्यु भएको छ।शनिबार दिउँसो आएको हावाहुरीले सर्लाहीको रामनगर गाउँपालिका १ मा सडक छेउमा बाँसको टाटी र फुसले छाएको खाजा घरको छानो उडाउँदा पैदल यात्रु स्थानीय ४५ वर्षीय पन्निलाल सहनीको मृत्यु भएको हो।

छानोको काठले टाउकोमा लागेर गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि मलंगवा ल्याउनेक्रममा बाटोमै मृत्यु भएको हो।

शनिबार बिहानदेखी नै सर्लाहीको मौसम खराब रहेको छ। मौसम खराबीका कारण गर्दा सर्लाहीका विभिन्न स्थानमा हावासहित पानी परेको छ।अघिल्लो साता बारा र पर्सामा हावाहुरीले बितन्डा मच्चाएपछि हावा आउनसाथ तराईंमा त्रास बढ्न थालेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार