logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

स्‍नातकोत्तरमा ‘प्राइभेट’ पढ्नेलाई त्रिविको यो वर्ष अन्तिम मौका


  • राजनीति
  • आइतबार, चैत्र २४ २०७५

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहका विद्यार्थीले यो वर्ष पनि ‘प्राइभेट’ फारम भरेर परीक्षा दिन पाउने भएका छन्। परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह प्रथम वर्षका लागि गत साता परीक्षा फारामको लागि आवेदन खुल्ला गरिसकेको छ। बैशाख १६ गतेभित्र परीक्षा फाराम भरिसक्नुपर्ने त्रिविले जनाएको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातकोत्तर तहमा राजनीति शास्त्र र जनप्रशासन (मास्टर्स अफ पब्लिक एड्मिनिस्टेरेसन) विषयमा मात्र प्राइभेटतर्फ परीक्षा दिन पाइनेछ। अन्य विषयमा ‘प्राक्टिकल’ गर्नुपर्ने भएकोले प्राइभेट परीक्षाको व्यवस्था गराउन नसकिएको जोशीले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार