राजनीति
पोखरा- राष्ट्रिय प्रजातन्त्र पार्टी देशव्यापी जनसंघर्षको धर्ना कार्यक्रमका क्रममा साेमबार प्रहरीले कास्कीमा पनि प्रहरी हस्तक्षेप गरेको छ। निषेधित क्षेत्र मानिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि नै आन्दोलनका कार्यक्रम भएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
मुख्यमन्त्रीको कार्यालयबाट संघीयता चाहिदैन देश टुक्रयाउन पाईदैन, राष्ट्रघाती नागरिकता विधयेक खारेज गर, हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाएर सुरु गरिएको कार्यक्रममा प्रहरीले निषेधित क्षेत्रभित्रै कार्यक्रम गरेको भनी हस्तक्षेप गरेको थियो ।
मुख्य मन्त्रीको कार्यालयको निषेधित क्षेत्रभित्रै राप्रपाले आन्दोलनका कायक्रम गरेपछि प्रहरीले उनीलाई निषेधित क्षेत्रभन्दा बाहिर कार्यक्रम गर्न आग्रह गरेको भएता पनि आन्दोलनकारीले पुन सम्बन्धित क्षेत्रभित्रै धर्ना कार्यक्रम गरेपछि राप्रपाका कार्यकर्तालाई पक्राउ गरेको हो ।