राजनीति
पोखरा- नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । नेता नेपाल विगत तीन दिनअघि अस्वस्थ भएपछि भर्ना भएका हुन् ।
अस्पताल स्रोतले नेता नेपाल अस्पताल भर्ना भएको पुष्टि गरेको छ ।
नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो । तीन दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।
नेता नेपाल केहीदिन अघि वारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यहि क्रममा उनलाई ज्वरो र खोकीले च्यापेको थियो ।