logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखराका एक व्यापारी आफ्नै निवासमा मृत भेटिए


  • राजनीति
  • मंगलबार, चैत्र २६ २०७५

पोखरा- पोखराका एक व्यापारी मृत भेटिएका छन् । पोखरा ८ जाल्पारोड ४५ वर्षीय चन्दन गिरी मृत भेटिएका हुन् ।

गिरीको आफ्नै निवासमा मृत भेटिएका हुन् । मंगलबार बिहान करिब ९ बजेतिर घरको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

शवको मुचुल्का गरी अहिले पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । उनको बोरिङ लगाएतका व्यवसायमा लगानी रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार